काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनसनरत डा. गोविन्द केसीको माग पूरा हुने बताएकी छिन् ।
बुधवार दिउँसो २२ दिनदेखि अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्रीले माग पूरा गर्छु भनेर वचन दिएका कारण डा. केसीको माग पूरा हुने बताएकी हुन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले डा.केसीलाई तपाईंको माग पूरा गर्छु भनेर वचन दिनु
भएको छ र उहाँको माग पूरा होस् भन्ने प्रधानमन्त्रीको मनमा पनि लागेको होला ।’
डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताउँदै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’
उनले सरकारले थोरै मागलाई किन अड्काएको बुझ्न नसकेको बताइन् ।
‘डा. केसीको माग पूरा गर्यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ, उहाँको माग पूरा गर्न ढिला गर्नु बेकार छ’ उनले भनिन् । साथै भेटमा आफ्नो माग प्रति डा. केसीलाई निश्चित हुन आग्रह गरीन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘तपाई निश्चिन्त हुनुस्, तपाईको माग पूरा हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया