मानुषी लघुवित्तको चौंथो वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
56
Shares

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहिबार संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा संस्थाले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाको समग्र अवस्थाबारे प्रकाश पारिन । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आ.व. २०७८\०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन । सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७८\ ०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्त माथि चौतर्फी आक्रमण हुँदा थपिएको चुनौतिका विषयमा बोलेका थिए ।

आ.व. २०७८\०७९ मा संस्थाको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सोही आ.व.मा आइपिओ जारी गरी संस्थाले चुक्ता पुँजी १०,९३,७५,००० पुर्याएको थियो । आ.व. २०७८\०७९ मा संस्था कूल १,७२,३७,१०५ नाफा आर्जन गर्न सफल भएको छ । सभाले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत सम्पूर्ण प्रस्तावहरु उपर छलफल गरि सर्वसम्मतिले अनुमोदन गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?