२० मङ्सिर २०८०, बुधबार

चीनमा जन्मिएको ‘शी जिनपिङ विचारधारा’ काे नालीबेली

२०७४,कार्तिक,८,बुधबार ०६:५५

0
Shares

बेइजिङ चीनका राष्ट्रपति शी जिनपिङ आगामी पाँच वर्षका लागि पार्टीका शीर्ष नेताको नाम घोषणा गर्दैछन् ।६४ वर्षका शी बुधवार पोलिटव्यूरो र स्थायी कमिटीका सात सदस्यको नाम घोषणा गर्नेछन्, जो देशको सवैभन्दा शक्तिशाली हुन्छन् ।पछिल्लो केही दशक यता चिनियाँ नेताले आफ्नो एक उत्तराधिकारी चुन्दै आएका छन् ।तर, यसपटक आफ्नो शक्ति बलियो पार्दै शी यो परम्परा तोड्न सक्छन् ।कम्युनिष्ट पार्टी काँग्रेस (सीपीसी) सकिएपछि स्थायी समिति र २५ सदस्यीय पोलिटव्यूरो घोषणा गरिन्छ ।सीपीसीले शक्तिशाली केन्द्रीय कमिटिको चुनाव गर्छ । केन्द्रीय समिति करिव २०० सदस्य हुन्छ, जो वर्षमा दुई पटक बैठक बस्छन् ।माओ जत्तिकै सम्मानपार्टीले मंगलबार शी जिनपिङलाई पाँच सालको दोस्रो कार्यालयको मन्जुरी दिएको थियो । र, उनको विचारधारालाई संविधानमा स्थान दिएको थियो । यसमा शीलाई चीनको पहिलो कम्युनिस्ट नेता र संस्थापक माओत्से तुङको बाराबर दर्जा दिएको छ ।सन् २०१२ मा चीनका राष्ट्रपति चुनिए पछि शी जिनपिङ फेरि अगामी पाँच वर्षका लागि यो पदमा रहनेछन् । स्याथी समितिका सात मध्ये पाँच सेवानिवृत हुँदैछन् । यसमा मात्र शी जिनपिङ र प्रीमियर ली खस्याङ अगाडिका लागि सदस्य रहनेछन् ।चोङकिङ प्रान्तका कम्युनिष्ट पार्टीका प्रमुख ५७ बर्षका चैन माइनर र गुङ्गातोङ प्रान्तका पार्टी प्रमुख ५४ बर्षका हु चन्हवा दुवै उत्तराधिकारी बन्नका लागि यूवा छन्, तर उनलाई यसमा सामेल गरिएन ।पोलिटव्यूरो सदस्य सन जेनकईलाई पनि एक सम्भावित उम्मेद्वार मानिएको थियो, जसलाई स्थायी समितिमा चयन गर्ने सम्भावना मानिएको थियो । तर, उनी पार्टी नियम उल्लघंन गरेको आरोपमा जाँचमा छन् ।शी २०१२ मा सत्तामा आएपछि केयौ महत्वपूर्ण पदमा रहेका छन् । उनले भ्रष्टाचार विरोधी अभियान चलाए, जसका कारण लाखौ अधिकारी अनुशासित बनेका थिए ।के हो ‘शी जिनपिङ विचारधारा’ ?पहिलो हेराईमा ‘शी जिनपिङ विचार’ निकै अस्पष्ट लाग्न सक्छ, तर यसमा कम्युनिष्ट आदर्श छ, जसलाई शीले आफ्नो शासनकालमा समर्थन गरेका थिए ।यसका १४ मुख्य सिद्धान्तमा देशका हरेक पक्षलाई कम्युनिष्ट पार्टीको भूमिकामाथि जोड दिइन्छ र शामिल गरिन्छ ।–‘सम्पूर्ण तथा गहिरो सुधार’ र ‘नयाँ विकासशील विचार’ लाई प्रोत्साहन–‘मानिस र प्रकृतिबीच सामजस्यपूर्ण जीवन’ यो कुरा पर्यावरण संरक्षणमा सुधारका लागि एउटा कोशिष हो । चीनको उर्जा खाँचोका लागि नवीकरणीय उर्जा आपूर्ति सम्बन्धी घोषित लक्ष्यसँग सम्बन्धित हुन सक्छ ।–‘जनमुक्ति सेनामाथि पार्टीको पूर्ण अधिकार’ माथि जोड दिनु ।–‘एक देशमा दुई प्रणाली’ र मातृभूमिसँग एकीकरणको महत्वमाथि जोड दिनु – स्पष्ट रुपमा यो हङकङ र ताइवानसँग जोडिएको छ ।बिबिसीबाट

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको

काठमाडौं । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । ‘हवाई ड्रोनहरूद्वारा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ

काठमाडौं । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक,

ताजा समाचार