नक्सापास बिनै नागरिक उड्डयन प्राधिकरणको भवन बन्दै, काठमाडौं महानगरले रोक्यो निर्माणको काम

लोकपथ
84
Shares

काठमाडौं । हरेक भवन निर्माणका लागि नक्सापास अनिवार्य हुन्छ । सरकार बनाएको मापदण्ड अनुसार व्यक्तिगत देखि सरकारी भवन निर्माणमा नक्सापास अनिवार्य शर्त हो । तर सरकारले आफैँले बनाएको नियम आफैँले उल्लंघन गरेको छ ।

कुरा हो काठमाडौं महानगरपालिका वडा नं ९ सिनामंगलस्थित बन्दै गरेको नागरिक उड्डयन प्राधिकरणको भवन । ८ वर्षअघिदेखि बन्न लागेको भवन निर्माणको अन्तिम चरणमा रहेको छ । तर भवनको नक्सा पास बिनै भवन निर्माण भइरहेको भन्ने थाहा पाएपछि काठमाडौं महानगरपालिकाको टोलीले उक्त भवन निर्माणको काम रोकेको छ ।

बिहीबार दिउँसो महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डे लगायतको टोलीले काम निर्माण रोकेको हो ।

२ अर्ब लागतमा निर्माणधिन रहेको उक्त भवन अब नक्सा पास गरेर मात्रै निर्माणको काम अघि बढाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?