‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा बल्छी ध्रुबे र राजु मास्टर पक्राउ

लोकपथ
483
Shares

काठमाडौं । हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रबे र राजु पौडेल उर्फ राजु मास्टरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मा आवद्ध भई कारोबार तथा विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले हिजो (बुधबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रुपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी र्दिएका छन् । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारुपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउपर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् ।

उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा. केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?