कोशी प्रदेश प्रमुख खापुङ्गद्वारा दुई अध्यादेश जारी

लोकपथ
130
Shares

काठमाडौं । कोशी प्रदेशमा दुई अध्यादेश जारी भएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका हुन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेको छ ।

दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?