शहीदहरुले आफ्नो जीवन नै आहुती दिएका छन्, त्यसैले लोभ त्यागौं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास गर्न सरकार प्रतिवद्ध रहेको दावी गरेका छन् ।

शहीद दिवसको अवसरमा बुधबार सहिद स्मारक लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबैलाई साथमा लिएर लोकतन्त्र रक्षा गर्न र विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले सबै मिलेर देश बनाउन आह्वान पनि गरेका छन् । उनले भने , 'शहीदहरुले आफ्नो जीवन नै आहुती दिएका छन्, त्यसैले लोभ त्यागौं ।' 

भ्रष्टाचार अन्त्य गर्न सरकार लागेको भन्दै उनले भने, ‘अरु नसकेपनि लोभ त त्याग्न सक्छौं होला नि र?'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?