शहिद दिवसको अवसरमा प्रधानमन्त्रीले भने,‘क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार साकार’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर शहिदहरुले देखेको राजनीतिक सपमा पूरा भएको बताएका छन् । 

शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बलिदानले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु समेत परास्त भएको भन्दै प्रसन्नता व्यक्त गरेका छन् । 

‘देशकौँ अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिका सपना साकार भएको छ, समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्च श्रद्धाञ्जली हुनेछ ।’ प्रधानमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ । 

यसैगरी प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने राणा शासनविरुद्ध वि.सं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ प्रति गोरव लागेको बताए । 

‘पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ, राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रिकृत भएका छौं, त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ’ प्रधानमन्त्री ओलीले सन्देशमा लेखिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?