७० वर्षे उमेर हदम्याद हटाउने एमालेको तयारी लगायत समग्र विषयमा डा. रावलसँग चिरफार (भिडियोसहित)

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले विधान विपरित ७० वर्षे उमेर हदम्याद हटाएको टिप्पणी गरेका छन् ।

लोकपथ टिभीसँगको कुराकानीमा पूर्व उपप्रधानमन्त्री समेत रहेका डा. रावलले लामो छलफलपछि उक्त प्रावधान राखिएको बताउँदै त्यसलाई हटाउँदा पनि छलफल गर्नु पर्ने बताए ।

पार्टी विधानमा बाधा अड्काउ फुकाउ गर्न सक्ने भनिए पनि परिस्थिती नै नहेरी त्यसो गरिनु विधान विपरित हुने टिप्पणी गरे ।

‘जतिबेला मन लाग्यो त्यतिबेला विधान हटाउन पाइने भए त बरु विधानमै बाधा अड्काउ फुकाउ गर्न केन्द्रीय कमिटीले जनिबेला पनि निर्णय गर्नेछ भन्दिए भैगो नि ।’ रावलले भने ।

त्यस्तै लोकपथसँग कुरा गर्दै रावलले प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको टिप्पणी समेत गरेका छन् । न्यूनतम कुटनीतिक मर्यादा समेत कायम नभएको भन्दै रावलले कटाक्ष गरे ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?