काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तरगत मन्त्रालयगत छलफल हुने कार्यसूची छ । जसअनुसार वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद र शरी विकास मन्त्रालयमाथिको छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया