नक्कली भूटानी शरणार्थी प्रकरणः आज ३ जना प्रतिवादीको तर्फबाट थुनछेक

लोकपथ
28
Shares

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा बिहीबार पनि बहस जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा बिहीबार प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट थुनछेक बहस हुने भएको छ । प्रतिवादीको तर्फबाट बहस सकिएसँगै सरकारी वकिलहरुले जवाफी बहस सकेपछि आदेश आउनेछ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी कानुन व्यवसायीको बहसपछि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले निरन्तर बहस गर्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?