असार १ गतेदेखि सत्याग्रहमा बस्ने नेता शर्माको चेतावनी

लोकपथ
21
Shares

नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले सर्वोच्च अदालतबाट नागरिकता विधेयकसम्बन्धी आदेश अविलम्ब नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए ।

नागरिकतासम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?