नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणको तर्फबाट आज पनि बहस

लोकपथ
21
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन व्यवसायीहरुको बहस शुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज दोस्रो दिन पनि बहस जारी रहेको हो । यसअघि मंगलबार पनि खाँण पक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए । उनको पक्षबाट बहस गर्नेहरु धेरै रहेकाले आजपनि बहस जारी रहेको हो ।

मंगलबार खाँणका तर्फबाट कानुन व्यवसायीहरू शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । भने आज बुधबार शुरुमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस थालेका हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?