स्वास्थ्य सेवा सुधारमा बालेनको आक्रामक कदम, अस्पतालहरुलाई दिए यस्तो चेतावनी

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेका अस्पतालहरुले उचित सेवा प्रवाह नगरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले यसअघि नै आफूले सार्वजनिक सूचना जारी गरिसकेको तर अनुगमनका क्रममा कुनै पनि सुधार नदेखिएको बताए ।

महानगरले आफ्नो क्षेत्राधिकारभित्र रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य संस्था सुधारको लागि गत जेठ ६ गते नै निर्देशन दिएको थियो । त्यसो आवश्यक स्वास्थ्य सुधारका लागि महानगरले जेठ १६ गते स्वास्थ्यमन्त्रीलाई समेत सो विषयमा ध्यानाकर्षण गराएको थियो ।

मापदण्डविपरित सञ्चालनमा रहेका २ अस्पताललाई शील गरिसकेको बताउँदै मेयर बालेनले आवश्यक सुधार नगरे कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।

‘महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न भएको पाईएको छैन सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाईएकोछ। काठमाण्डौ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ (दुई) वटा स्वास्थ्य संस्था बन्द गरिएको छ यस कार्यलाई अझ प्रभावकारी बनाउनमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन स्पष्ट निर्देशन गरिएको छ ।’ मेयर बालेनले भनेका छन् ।

त्यस्तै महानगरभित्रका अस्पतालहरुले सर्वसाधारणलाई सहज हुनेगरी सेवा प्रवाह नगरे हस्तक्षेप गरी कानुनी कारबाही गरिने समेत चेतावनी दिएका छन् ।

‘काठमाडौं महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य सम्बन्धी कानून÷मापदण्डको पालना नगरेको पाईएमा संङ्घ/प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गरिने व्यहोरा यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ मेयर बालेनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?