राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएका छन् । उनले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?