कामु प्रधानन्यायाधीसको उजुरीमाथि आजदेखि छलफल हुने

लोकपथ
0
Shares

कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुँदै छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको अघिल्लो बैठकले उनीमाथिका उजुरीउपर बुधबारदेखि छलफल गर्ने निर्णय गरेको थियो ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि आज बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्न लागिएको हो । समितिले बिहीबार कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?