प्रधानमन्त्रीसँग शिक्षक नेताहरूको भेटघाट

लोकपथ
0
Shares
k|wfgdGqL …k|r08Ú – cGtjf{tf{ OGbf]/ -dWok|b]z_, @) h]7 M ef/tsf] rf/lbg] cf}krfl/s e|d0f /xg’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú zlgaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf ljz]if ;dfrf/bftf /d]z nD;fn;Fu cGt/jftf{ lbg’x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विद्यालय कर्मचारीको जारी आन्दोलनको सम्बोधनबारे आज शिक्षक नेताहरूको भेटवार्ता भएको छ ।

सो सम्बोधन एवं सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गराउने प्रयत्नअन्तर्गत आज प्रधानमन्त्री दाहालसँग उनको कार्यकक्षमा सिंहदरबारमा विचारविमर्श भएको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । प्रधानमन्त्री दाहालले विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने बताए ।

भेटमा महासङ्घका अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी, एकीकृत अनेशि सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र रेशमीलाल चपाईं थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?