हेटौँडामा तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी

लोकपथ
42
Shares

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ । बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौँडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेर उत्पादनमा वृद्धि गरेको हो ।

अध्यक्ष विष्टले मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे ब्यारेक अगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको उहाँले बताए। नेपाली सेनासँग स्वीकृति लिएर हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेक अगाडि रापती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ ।

तीन दिनसम्म निरन्तरको प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए । पानी नपरेर सुक्खायाम बढेपछि पानीको अभाव भएका क्षेत्रमा खानेपानी बोर्डले ट्याङ्कीमार्फत पानी वितरण गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?