१ आश्विन २०७८, शुक्रवार

जुवातास खेलाउँदै गरेको अवस्थामा १२ जना पक्राउ

२०७४,कार्तिक,८,बुधबार ०६:२५


भक्तपुर, ८ कात्तिक ।अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।सूर्यविनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय विशााल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का रहेका छन् ।त्यसैगरी काभ्रे बनेपा नपा– १ का ४८ वर्षीय किरण थापा, ३७ वर्षीय सुन्दर जिसी, ३२ वर्षीय राजन थापा, २७ वर्षीय गोकर्ण कार्की, ४८ वर्षीय सहदेव थापा, ४० वर्षीय राधाकृष्ण महत र ५० वर्षीय अंकुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोलीले जुवातास खालबाट रु एक लाख बीस हजार चार सय नगद समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०६:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८
२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
 २०७८,आश्विन,१,शुक्रवार १९:५४