प्रचण्ड–बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

लोकपथ
217
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।

आइतबार प्रचण्ड बाबुराम विरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

मंगलबार प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिटलाई अग्राधिकार दिने आदेश समेत भएको छ ।

तत्कालिन बालसैनिक लेनिन विष्ट लगायतले प्रचण्ड–बाबुरामविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

रिटमा उनीहरुलाई पदमुक्त गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?