नागरिकताको माग गर्दै माइतीघरमा एक युवकले गरे आत्मदाहको प्रयास

लोकपथ
301
Shares

काठमाडौं । काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकताको माग गर्दै ती युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

युवकले आत्मदाहको प्रयास गरेपछि प्रहरीले ति युवकलाई रोकेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । ति युवककाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघरमा दिनहुँ जस्तो विरोध प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?