होण्डाको एक्सचेन्ज र फाईनान्स मेला

लोकपथ
98
Shares

काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईक को अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा एक्सचेन्ज र फाईनान्स मेला भैरहेको जनाएको छ ।

आफ्नो पुरानो मोटर बाईक संग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिईरहेको आयोजकको भनाई छ । मेलामा, आफ्नो पुरानो बाईक संग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५०००– एक्सचेन्ज बोनस पनि पाइनेछ र साथमा १०,०००– सम्म को आकर्षक स्क्र्याच कुपनले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भईरहेका छन् । यस, होण्डा एक्सचेन्ज र फाईनान्स मेलामा, सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ ।

होण्डा फाईनान्स मार्फत मात्रै ५९,९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै एक प्रतिशतको ब्याजदरमा, मेलाबाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनिको विश्वास छ । जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमान्डौका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टै नै होण्डा एक्सचेन्ज र फाईनान्स मेला देशभर पनि लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?