गठबन्धनका नेताबीच परामर्श

लोकपथ
0
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका नेताहरुले आज मसामयिक विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकतअनुसार मिलाइएर जान सकिने बताएका थिए । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् । सोही विषयमा पनि शीर्षनेताहरुबीच छलफल भएको थियो।

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन आबद्ध दलका नेताहरु सहभागी  भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?