काठमाडाैं । काठमाडौंको ओमबहालमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । ओमबहालस्थित माथेमा चोकमा बस्ने २५ वर्षीय सुरज शाक्यले आफ्नै ४५ वर्षीय दाजु सूर्य शाक्यलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
गएराती शाक्यको घरमा विवाद भएको थियो । आमालाई गाली गरेको विषयमा भएको विवादले उग्र रुप लिँदा सुरजले हम्मर र धारीलो हतियार प्रयोग गरी दाजुको हत्या गरेका थिए । घटना बेलुका भएकाले आमा सुितसकेकि थिइन् । उनीहरूकाे बेला बेला विवाद भइरहने उनका आमाकाे भनाइ छ ।
हत्या गरेपछि कोठाको बत्ति निभाएर सुरज घरबाट भागेका थिए । आज बिहान आमाले उठेर कोठामा जाँदा सूर्यको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
त्यसपछि जनसेवा प्रहरी घटना स्थल पुगेर घटनाको अनुसन्धान शुरु गरेको थियो । प्रहरीले हत्या भएको सुचना पाएको एक घण्टामै सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
सुरजलाईमाथि थप अनुसन्धान भइरहेको जनसेवा प्रहरीले जनाएको छ । हाल शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया