मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

लोकपथ
195
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।

आजै विश्वासको मत लिन मुख्यमन्त्री यादवले आकस्मिक बैठक बोलाउन सभामुखलाई आग्रहगरेपछि आज विश्वासको मत लिन लागिएको हो ।

मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गतेका लागि बोलाइएको थियो । प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको छ ।

एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?