गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको विमान अवतरण

लोकपथ
105
Shares

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमले पहिलोपटक व्यवसायिक उडान शुरु गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल वायु सेवा निगमले मंगलबार बिहान पौने ९ बजे मलेसियाको क्वालालम्पुरबाट उडेको विमान भैरहवामा अवतरण गराएको हो ।

नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?