३१ श्रावण २०७९, मंगलवार

काँग्रेसबाट पूर्वसांसद चुनावी प्रतिस्पर्धामा

२०७४,कार्तिक,८,बुधबार ०६:१७

0
Shares

बागलुङ, ८ कात्तिक ।आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।बाम गठबन्धन विरुद्ध काँग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । काँग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।उनी २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं १ बाट विजयी भएका थिए । यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं ३ बाट निर्वाचित नीरज पुन अहिले क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन ।२०७० सालको संविधानसभा चुनावमा क्षेत्र नं २ बाट सांसद बन्नुभएका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी मैदानमा छन ।बाम गठबन्धनसँग तीव्र प्रतिस्पर्धा हुने देखेर काँग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ ।नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जनताको बीचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताए । जिल्लाको विकासमा तीनै पूर्व सांसदहरुको उल्लेख्य योगदान रहेकाले जित हासिल गर्ने काँग्रेसको दाबी छ ।पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी प्रतिस्पर्धामा छन । नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइए पनि पार्टीभित्र असन्तुष्टी रहेको कतिपय नेता बताउछन् । असन्तुष्टिका बीचमा पनि एक ढिक्का भएर चुनावमा जाने काँग्रेस र बाम गठबन्धनका दलले निर्णय गरेका छन् ।अघिल्ला चुनावमा एकल रुपमा चुनाव लड्दै आएका मुख्य बाम दल अहिले तालमेल गरेर चुनाव भिड्दैछन् । बामपन्थीको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको बाम गठबन्धनसँग नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ ।प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले एक्लै उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको छ ।एमालले एक प्रतिनिधि सभा र एक प्रदेश सभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधि सभा र एक प्रदेश सभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेश सभामा उम्मेदवारी दिएको छ । बाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचारप्रसारमा जुटिसकेको छ । नेपाली काँग्रेस पनि चुनावी तयारीमा लागेको छ ।२०७० सालकोे संविधानसभा निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेपाली काँग्रेस विजयी बनेको थियो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०६:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । केही वर्षअघि बाँझो रहेको जग्गा यतीबेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा

लमजुङ । विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ । आइते सार्की र उनकी

लमजुङ । लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालयमार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी आज जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५