काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन सशस्त्र द्धन्द्धका कमाण्डर डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
पूर्व बालसेना लेनिन विष्ट लगायतले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो ।
तत्कालिन सशस्त्र द्धन्द्धमा बालबालिकाको प्रयोग गरिएको र द्धन्द्ध समाधान भएपछि उनीहरुलाई अयोग्य ठानिएको भन्दै रिट दायर भएको थियो । आइतबार दर्ता भएको रिटमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामलाई पदमुक्त गरी छानबिनको दायरामा ल्याउन माग गरिएको छ ।
तत्कालिन विद्रोही माओवादीले आफूहरुलाई बाल सेनाको रुपमा प्रयोग गरेर शान्ति प्रक्रिया पूरा भएको १६ वर्ष बितिसक्दा पनि कुनै राहत नपाएको भन्दै परिपूरण, क्षतीपूर्ती लगायत न्याय दिन माग गर्दै विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।
‘सशस्त्र द्धन्द्धमा तत्कालीन विद्रोही पक्ष नेकपा माअोवादी केन्द्रले हामीलाई बालसैन्यको रुपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरकोले तत्काल हामीलाई बाल सेनाको पहिचान दिई, परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ ।’ रिट निवेदनमा भनिएको छ, ‘साथै अमानवीय ढंगले युद्द अपराध अपराध गरी हामीलाई बालसेनाको रुपमा प्रयोग गर्ने तत्कालीन माओवादी विद्रोही कालका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराई माथि आवश्यक अभियोजन प्रक्रियाको थालनी गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन त्यतिन्जेलसम्म निजहरुको विशेष गरी विपक्षी प्रधानमन्त्री माथि नैतिक प्रश्न उठ्ने भएकोले निज प्रधानमन्त्रीको पदीय हैयिसत पनि निलम्बनमा राख्नु वा कायम नहुने गरी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरी पाउँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया