काठमाडौं । प्युठानमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाकै मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको ८ जना सवार जीप दुर्घटनामा परेको थियो ।
चालकसहित जीपमा रहेका सबै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको थियो तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख (डिएसपी) सुवास खड्काले लोकपथलाई जानकारी दिए ।
जीपमा २ पुरुष, २ महिला र ४ जना बालबालिका रहेका थिए ।
लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नपा-४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया