‘सरकार छोड्न परे छोड्छ तर पार्टीले कुनै गलत सम्झौता गर्दैन’

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनजीविकाको सवालमा पार्टीले सरकारलाई हरेक कुरामा सचेत गराउनुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनजीविकाको सवालमा कुनै पनि गलत सम्झौता नगर्ने बताए ।

‘कांग्रेसले कुनै कुरामा सम्झौता गर्दैन । चाहे सरकार छोड्न परे छोड्छ ।’ उनले भने ।

त्यस्तै पार्टीमा थिति बसाल्न तलदेखि माथिसम्म सुधारको जरुरी रहेको बताए । पार्टी सभापतिदेखि पदाधिकारी नै वडा तहबाटै छनोट गर्नुपर्ने उनको जोड रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उग्र शक्ति वा यथास्थितीबादी शक्ति नभइ जनताको सवालमा निरन्तर काम गर्ने शक्ति रहेको जिकिर गरे ।

‘नेपाली कांग्रेस कांग्रेस उग्र शक्ति होइन । नेपाली कांग्रेस यथास्थितीबादी पार्टी होइन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?