पूर्वयुवराज पारसको स्वास्थ्यमा केही सुधार हुँदै

काठमाडौं । छातीमा पीडाको महसुस भएपश्चात् नर्भिकको आकस्मिक कक्षमा पु-याइएका पूर्वयुवराज पारस शाहको स्वास्थमा सुधार भएको  ।

शाहलाई सोमबार अपराह्नमा बजे नर्भिकको आकस्मिक कक्षमा पु-याइएर भर्ना गरिको थियो । पूर्वयुवराज शाह हृदयघात भएको अस्पतालले जनाएको छ  । उनको अवस्था स्थिर भएको भएपनि  खतरामुक्त नभएको अस्पतालको भनाई छ ।

उनी केही दिन अस्पतालमै रहने पनि जनाइएको छ। उनलाई क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गरिएको थियो। उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो। 

धमनीको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उनलाई सीसीयूमा सारिएको अस्पतालले जनाएको छ।

प्राडा यादवदेव भट्ट लगायत डा जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली पारसको उपचारमा खटिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?