प्युठानमा जीप दुर्घटना, घाइते ८ जनाकै अवस्था गम्भीर

लोकपथ
182
Shares

काठमाडौं । प्युठानमा जीप दुर्घटना भएको छ । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको ८ जना सवार  जीप दुर्घटनामा परेको हो ।

चालकसहित जीपमा रहेका सबै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जीपमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका रहेका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले लोकपथलाई जानकारी दिए ।

‘आठै जना घाइतेको अवस्था गम्भीर रहेको छ । हामीले स्थानीयहरुको सहयोगमा घाइतेहरुको उद्धार गरी अस्पताल पठाएका छौं ।’ डिएसपी खड्काले भने ।

लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नपा-४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?