काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलमा शिलबन्दी गरेको छ ।
कमनपा–६ मा पर्ने बौद्धमा सञ्चालित उक्त हस्पिटलमा सोमबार दिउँसो कामनापाले तालाबन्दी गरेको हो ।
अवैध ढंगबाट सञ्चालनमा रहेको उक्त हस्पिटललाई यसअघि पनि महानगरले दर्ता गरी वैधानिक रुपमा चलाउनका लागि आग्रह गरेको थियो । तर महानगरको ताकेतालाइ बेवास्ता गर्दै आफ्नो काम कारबाही सञ्चालन गरिरहेको हस्पिटललाई महानगरको टोलीले शिलबन्दी गरेको कामना स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
अस्पताल दर्ता नभएको, अस्पतालमा कार्यरत कुनै पनि चिकित्सक लाइसेन्स प्राप्त नभएको, अस्पतालले दिनुपर्ने भन्दा अवैध सेवा दिइरहेको, अस्पतालमा न्यूनतम मापदण्ड पूरा नभएको भन्दै महानगरले शिलबन्दी गरेको बताए ।
उक्त हस्पिटलको सञ्चालक समेत चाइनिज नागरिक रहेको अनुगमनले देखाएको छ ।
त्यहाँका स्थानीयको भनाइ अनुसार सो हस्टिपलमा उपचार गर्न आउने बिरामीहरुलाई अन्यत्र पठाइने गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया