उम्मेदवार चयन प्रक्रिया सुरु

काठमाडौं, ८ कात्तिक – नेपाली कांग्रेसले मंसीर २० मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया थालेको छ ।बुधबार बसेको कांग्रेस संसदीय समितिको बैठकले उम्मेदवार चयन प्रक्रिया थालेको हो । स्थानीमाझ लोकप्रिय रहेको र पार्टी काममा लामो समयदेखि क्रियाशील रहेका कार्यकर्तालाई उम्मेदवार बनाउनेगरि छलफल चलिरहेको नेता प्रकाशशरण महतले जानकारी दिए । उनले यस अघि कुनै अवसर नपाएकालाई उम्मेदवार बनाउन शीर्ष नेता सहमत रहेको पनि बताए ।बैठकमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी गठबन्धन बनाउनेबारे पनि छलफल भएको छ । यस्तै पहिलो चरणको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ । यस्तै पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिई फिर्ता नलिएका कार्यकर्तालाई कारबाही गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?