काठमाडौंं । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यतालिका तय गरिएको छ ।
आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीबारे छलफल हुने साथै सुनुवाईसम्बन्धि छलफल हुने बताइएको छ ।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध समितिमा २९ वटा उजुरी परेका छन् । उनीविरुद्ध वर्तमान बहालवाला न्यायाधीशको समेत उजुरी परेको बताइएको छ । त्यस्तै ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतको उजुरी परेको छ ।
गत जेठ १६ गतेबाट २६ गतेसम्मका लागि उजुरी आह्वान गरिएको थियो । लिखित रुपमा वा ईमेलमार्फत उजुरी आह्वान गरिएको थियो ।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लागेसँगै कार्कीलाई कामु प्रन्याको जिम्मेवारी दिइएको थियो । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको थियो । उनी आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया