कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

लोकपथ
0
Shares

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए।

“हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्”, उनले भने, “कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।” अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रर्दशनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताए ।

उनले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राखेका छन् । प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि शुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषद्मा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिएका छन् ।

प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?