काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट परेको र ३० गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले सो दिन प्रधानमन्त्रीको हैसियतमा वा प्रचण्डको हैसियतमा सर्वोच्च उपस्थित हुने भन्दै मार्गप्रशस्त गर्न माग गरे ।
‘प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ,” शाहीले भने, “३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्डको हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया