बजेट अवास्तविक छ भन्ने कुरा अर्थमन्त्रीले स्वीकार्नुपर्छ : गगन थापा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य गगन थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा बजेटमाथि छलफलमा बोल्दै सांसद थापाले अहिलेको परिस्थितीमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने बताएका हुन् ।

‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्नथ्यो भन्ने मेरो अनुमान हो । यो कुनै सूचना होइन । किनकि यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि राम्रोसँग बुझ्नुभएको छ, त्यसैले यहाँ प्रस्तुत भइसकेपछि यहाँ डिफेन्स पनि गर्नुपर्थ्यो । अवास्तविक छ भन्ने कुरा मनमा लागेपनि होइन भन्नुपर्ने स्थिति छ । तर, कार्यान्वयन गरेर परिणम ल्याउँछु भन्नु भन्दाअघि अवास्तविक छ भनेर स्वीकार्नुहोला। यो यत्रो हुनैसक्दैनथ्यो ।’ सांसद थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?