माओवादीलाई लाज लाग्दैन ? भन्दै के बोले बाबुरामका ज्वाईले यस्तो ?

काठमाडौं, ८ कात्तिक– प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको बचाउमा उनका ज्वाई जेकेन्द्र श्रेष्ठले कडा स्टाटस लेखेका छन् ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग चुनावी मैदानमा खडा भएका भट्टराईको बचाउमा सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले अहिले भने आँखा चिन्हबाट चुनाव लड्न लागिएको र गोरखा र रसुवामामात्रै कांग्रेससँग तालमेल गरिएको बताउँदै भनेका छन्– एमाले र माओवादीको देशैभरि गठवन्धन छ । बाबुरामका कार्यकर्ताको भोट रूखमा भन्दै गिज्याउनेहरूले पनि सूर्यमै भोट हाल्ने होइन र ? कि सूर्यमा नहाल्ने विचार छ ?उनले गोरखामा भट्टराईले उम्मेदवारी लिएका क्षेत्र नयाँ भएको समेत बताएका छन् ।भट्टराईले गोरखा २ बाट पटक पटक चुनाब जितेको र नारायणकाजीलाई छिर्नै नदिएको भन्ने भ्रम रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘बाबुराम भट्टराई पहिलो संविधानसभा २०६४मा मात्र गोरखा २ बाट चुनाब लडेका हुन् । दोस्रो संविधानसभा २०७०मा गोरखा १ बाट लडे । २०६४ सम्म नारायणकाजी सर माओवादी पार्टीमै थिएनन् । पार्टीमै नभएको मान्छेलाई क्षेत्र छुट्याएर कसरी राख्ने ? त्यस विषयमा पार्टीभित्र छलफल नै चलेन ।२०७० मा गोरखा २ जो उठे पनि जितिने भएपछि चुनौतीपुर्ण क्षेत्र १ बाट बाबुराम उठेका हुन् । २ बाट नारायणकाजी किन नउठेको ? समान हैसियतमा रहेका नारायणकाजीलाई बाबुरामले कसरी रोके ? अझ ३ बाट उठिदिन गरेको अनुरोधलाई लत्याउँदै रूपचन्द्र विष्टको गाउँमा जितिन्छ भन्दै त्यता हान्निएको होइन र ? अर्को कुरा पहिले ३ निर्वाचन क्षेत्र रहेकोमा अहिले २ मात्र छन् । पहिलेको २ मा १ को केही भाग र ३ को केही भाग सहित २ नं. बनाइएको छ । दुवै क्षेत्र नयाँ हुन् ।चुनाव चिन्हबारे उठेको प्रश्नमा उनले माओवादी अध्यक्षले आफ्नै चुनाव चिन्ह हुँदाहुँदै पनि भरतपुरका उपमेयरलाई रूखमा भोट हालेको, विराटनगरका र धरानका माओवादीलाई मसालमा भोट हाल्न लगाएको लगाएको दृष्टान्त देखाउँदै प्रचण्ड सरकारकै रवैयाले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग्दा नदिएकाले मसाल चिन्हबाट नयाँ शक्ति चुनाव लड्न बाध्य भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?