काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन द्धन्द्धका अर्का कमाण्डर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता भएको छ ।
तत्कालिन १० वर्षे सशस्त्र द्धन्द्धका कमाण्डर समेत रहेका प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्द बाल सेना लेनिन विष्ट लगायत बाल सेनाहरुले मुद्दा दायर गरेका हुन् ।
दर्ता भएको रिट निवेदनमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामको वर्तमान जिम्मेवारी खोसेर वा निलम्बनमा राखेर विपक्षका नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
तत्कालिन विद्रोही माओवादीले आफूहरुलाई बाल सेनाको रुपमा प्रयोग गरेर शान्ति प्रक्रिया पूरा भएको १६ वर्ष बितिसक्दा पनि कुनै राहत नपाएको भन्दै परिपूरण, क्षतीपूर्ती लगायत न्याय दिन माग गर्दै विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।
‘सशस्त्र द्धन्द्धमा तत्कालीन विद्रोही पक्ष नेकपा माअोवादी केन्द्रले हामीलाई बालसैन्यको रुपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरकोले तत्काल हामीलाई बाल सेनाको पहिचान दिई, परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ ।’ रिट निवेदनमा भनिएको छ, ‘साथै अमानवीय ढंगले युद्द अपराध अपराध गरी हामीलाई बालसेनाको रुपमा प्रयोग गर्ने तत्कालीन माओवादी विद्रोही कालका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई माथि आवश्यक अभियोजन प्रक्रियाको थालनी गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन त्यतिन्जेलसम्म निजहरुको विशेष गरी विपक्षी प्रधानमन्त्री माथि नैतिक प्रश्न उठ्ने भएकोले निज प्रधानमन्त्रीको पदीय हैयिसत पनि निलम्बनमा राख्नु वा कायम नहुने गरी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरी पाउँ ।’
त्यसो त यसअघि उक्त रिट निवेदन सर्वोच्चले दरपीठ गरिदिएको थियो ।
उक्त मुद्दाको पेशी जेठ ३० गते मंगलबारका लागि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया