काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन् ।
सोमवार राष्ट्रयसभा बैठकमा राष्ट्रिय चिकित्सा विधेयक टेबुल भएपछि मन्त्री पोखरेलले पत्रकारसाग कुरा गर्दै यस्तो आग्रह गरेका हुन् ।
संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेषलाई स्वागत गरेर अघि बढ्दा डा. केसीको सम्मान हुने तर्क गर्दै मन्त्री पोखरेलले संसदीय विधि र प्रक्रियामाथि बाधा पुग्ने काम गर्न नहुने बताए ।
यसैगरी डा. केसीको अधिकांश मागहरु पूरा भएको विधेयक आएको उल्लेख गर्दै त्यसमा केही कमजोरी भए संशोधन गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले गत पुस २५ गते राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि डा. केसीले गत पुस २५ गते नै इलामबाट अनसन शुरु गरेका थिए ।
गत साउन १० गते १५ औँ अनसनका क्रममा सरकारले आफूसँग गरेको सहमति विपरित चिकित्सा शिक्षा पारित गरेको भन्दै डा. केसी अनसन शुरु गरेका थिए ।
आज डा. केसीको २० औँ अनसन हो ।
डा. केसीको जीवन रक्षाको माग गर्दै काठमाडौं उपत्यका लगायत देशभरका सिकित्सकहरुले आजदेखि आन्दोलन शुर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया