सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थाी संघले अस्कल क्याम्पस अगाडि सरकार विरुद्धमा आन्दोलन गरेका छन् ।

कम्युनिष्ट सरकारले संसदभित्र बहुमतको आडमा देखाएको अधिनायकवादी हर्कतका विरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको भन्दै नेविसंघले सरकारको विरोधमा चर्को नाराबाजि गरेका थिए ।

नेविसंघका नेता प्रकाश अर्यालले कांग्रेस नेताहरुका नाममा खोलिएका अस्पतालहरुको अस्तित्व खारेज गर्ने कम्युनिष्ट सरकारको सर्वसत्तावादी सोचको विरोधमा नेविसंघले आन्दोलनको आधिवेहरी सृजना गर्ने दाबी गरे । उनले सरकारको अभिनायकवादी सोचका कारण लोकतन्त्र नै खतरामा परेको बताए ।

सरकारले संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने क्रममासमेत ठूलो घात गरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद अवरुद्धसमेत गरेका थिए । 

केही दिनदेखि निरन्तर नेविसंघले सरकारको विरोधमा आन्दोलन गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?