काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा प्रहरीले एक लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान लागूऔषध कारोबारीहरु त्यहाँ रहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । उनीहरुसँग हातहतियार समेत रहेको भन्ने सूचना प्रहरीले पाएसँगै त्यहाँ पुगेको र ४–५ जनाको संख्यामा रहेका उनीहरुले प्रहरीमाथि नै हातपातको प्रयास गरेका थिए । प्रहरीमाथि नै गोली चलाएपछि जवाफी कारबाही स्वरुप प्रहरीले उनीहरुलाई गोली चलाएको प्रहरी नायब महानिरीक्षक (डिआइजी) एवं प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए ।
कडायतका अनुसार जवाफी फायरिङ गरेको र त्यहाँ रहेकामध्ये १ जनाको घुँडाभन्दा तल गोली लागेको र उपचार भइरहेको उनले बताए ।
‘लागूऔषध कारोबारीहरुको समूहमाथि प्रहरीले नियन्त्रण गर्न खोज्दा उक्त समूहले प्रहरीमाथि नै हातपात गर्न खोज्दा प्रहरीले गोली चलाएको हो ।’ उनले भने ।
त्यस्तै घाइते भएका ती व्यक्तिको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए । साथै केही व्यक्तिहरु फरार रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया