नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीको बहस शुरु

लोकपथ
119
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् ।

शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सकेपछि आइतबार भने सन्दीपको तर्फबाट भट्टराईले बहस शुरु गरेका हुन् ।

सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सकिएपछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेकाके छ ।

यो प्रकरणमा प्रहरीले टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाएको छ । जसमा १८ जना पक्राउ पर्दा १२ जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?