कान्छारामले जिल्ला सम्मेलन बोलाएपछि रामेछाप कांग्रेसमा हलचल, ४६ जनाले बुझाए देउवालाई पत्र (पूर्णपाठ)

लोकपथ
420
Shares

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य कान्छाराम तामाङ (पूर्णबहादुर तामाङ) ले जिल्ला सम्मेलन बोलाएको भन्दै नेता कार्यकर्ताहरुले त्यसको विरोध जनाएका छन् ।

तामाङले जेठ ३१ गते जिल्ला सम्मेलन गर्ने भन्दै सामाजिक सञ्जालबाट आग्रह गरेसँगै पूर्व जिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्कासहित ४ दर्जन नेताहरुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन् ।

पार्टीलाई विधान बमोजिम चलाउन माग राख्दै सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले गत स्थानीय निर्वाचनमा संसदीय बोर्ड नै नगरी आफूखुसी टिकट वितरण गरेको आरोप लगाएका छन् । त्यस्तै आम निर्वाचनमा सबै नेता कार्यकर्ताहरुलाई समेटेर जान नचाहेको र फरक विचार राख्नेहरुलाई सधैँ धम्कीको भाषा प्रयोग गरेको भन्दै सभापतिको ध्यानाकर्षण गराए । छलफल नै नगरी नेविसंघको नेतृत्व परिवर्तन गरेको उनीहरुको आरोप रहेको छ ।

तामाङ ठेकेदार समेत रहेको र उनलले आफ्नो कर्मचारी मार्फत् पुल, सडक लगायत जिल्लाका विकास निर्माणको ठेक्का लिई वर्षौ बितिसक्दा पनि योजना अलपत्र पारिएको अवस्था रहेको आरोपव लगाएका छन् ।

११ बुँदे ध्यानाकर्षण गराउँदै ४६ नेता कार्यकर्ताले बोलाइएको जिल्ला सम्मेलन कुनै वैधानिक धरातलमा नटेकी जिल्लाका कृयाशील नेताहरुसँग छलफल नै नगरी बोलाइएको भन्दै आफूहरु कुनै कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?