सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

लोकपथ
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालबीच सम्बन्ध सुधार हुँदै गएको छ । लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गर्न नसकेका कांग्रेसका शीर्ष दुई नेताबीच पछिल्लो केही समययता सम्बन्धलाई सुधार गर्ने संकेत देखिएको खबर नेपाल समाचारपत्रले छापेको छ ।

सभापति देउवाबाट पार्टी र देश चल्न नसक्ने भन्दै कुनै पनि हालतमा नेतृत्व फेर्नुपर्ने एजेन्डा लिएर संस्थापनइतर समूहलाई सशक्त बनाएका नेता कोइराला र सभापति देउवाबीचको सम्बन्ध मन्त्रीपरिषद् विस्तारदेखि सुधारको प्रयास भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?