१४ आश्विन २०८०, आईतवार

पशुपतिनाथका साँढे तस्करी हुने गरेको खुलासा

२०८०,जेष्ठ,२८,आईतवार ०७:३६

0
Shares

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करीको विषयमा गोरखापत्रमा खबर छापिएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो।
जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अधि बढाइएको छ ।
प्रहरीले अभियुक्त बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ। साथै गाडीमा राखिएको एउटा नन्दी उद्धार गरिएको प्रहरीको भनाइ छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा नन्दीको पनि उद्धार गरिएको बताए।

प्रकाशित मिति: २०८०,जेष्ठ,२८,आईतवार ०७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८