नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापव्रmम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापव्रmम बढ्नु हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सगरमाथा क्षेत्रमा बस्ती भएका स्थानमा १५ डिग्री सेल्सियसमाथि तापव्रmम उक्लिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार त्यस क्षेत्रमा एक सातादेखि वर्षा भएको छैन । चहकिलो घाम लागेको छ । उनले भने, ‘हिमालको हिउँ कायम हुन यतिखेर वर्षा हुनुपर्ने हो तर भएको छैन । त्यसले चिन्ता थपेको छ ।’, गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया