१२ आश्विन २०८०, शुक्रवार

जनकपुरधाममा ‘विमर्श’ शुरु

२०८०,जेष्ठ,२७,शनिवार १७:४९

117
Shares

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ ।

आज जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कार्यक्रमको शुभारम्भ गरे । त्यस अवसरमा प्रदेश प्रमुख मिश्रले कार्यक्रमले मैथिली भाषा, साहित्यको प्रचार–प्रसार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालमा दोस्रो र नेपाल–भारतमा करोडौँ नागरिकले बोल्ने मैथिली भाषाको माध्यमद्वारा जनकपुर, यस क्षेत्रको वैद्धिक परम्परा, कला, सभ्यता र संस्कृतिको उन्नयनमा योगदान पुग्ने भन्दै प्रदेश प्रमुख मिश्रले आयोजक विमर्श फाउण्डेशनलाई विशेष धन्यवाद दिए ।

भोलिसम्म चल्ने कार्यक्रममा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायत विभिन्न शीर्षकमाथि यस क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले विचार–विमर्श गर्ने कार्ययोजना रहेको आयोजक विमर्श फाउण्डेशनका अध्यक्ष बिभा झाले जानकारी दिए ।

कार्यक्रमको पूर्वसन्ध्यामा जनकपुरधामको दशरथ तलाउ परिसरमा हिजो शुक्रबार कवि सम्मेलन र सांस्कृतिक सन्ध्यासमेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२७,शनिवार १७:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५