१२ आश्विन २०८०, शुक्रवार

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

२०८०,जेष्ठ,२७,शनिवार १७:०५

63
Shares

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।

भूँडीपुराण प्रकाशनद्वारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले उक्त पुस्तक लोकार्पण गरेका हुन् । पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उनीसम्बन्धी लेखक, साहित्यकार र पत्रकारका लेख समेटिएका छन् । पुस्तकमा जोशीका केही मुख्य कृति र तस्बिर पनि समावेश गरिएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रुपमा रहेका बताए । पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतित गरेका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रुपमा सबैको प्रेरक बन्न सफल भएको धारणा राखे ।

प्रा डा लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले जोशी नेपाली समाजमा शिखर पुरुषकारुपमा हुनुहुन्थ्यो भने । समालोचक प्रा डा ज्ञानु पाण्डेले संस्कृतिविद् जोशीले साहित्य, कला, दर्शन, पुरातत्वका क्षेत्रमा पुर्याएका योगदानको विभिन्न पाटो र पक्षबाट विश्लेषण गरे ।

पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सङ्घर्षले सत्यमोहनलाई र सत्यमोहनले सबैलाई सिकाएको सङ्घर्षको चर्चा गर्दै जोशी जीउँदो मानव सम्पदा भएको बताए । उनले जोशीको सङ्घर्ष, हक्की स्वभावलगायत विषयमा उनको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

पुस्तक प्रकाशक केशवप्रसाद पराजुलीसहित समारोहका अन्य वक्ताले राणाकालदेखि गणतन्त्रसम्म सबैबाट उक्तिकै श्रद्धाभाव प्राप्त गरेका जोशी सबै नेपालीका प्रेरक र पुजनीय भएको टिप्पणी गरे ।

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिसिस्टाङ्क १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन् । चार सय आठ पृष्ठको उक्त कृतिको मूल्य रू पाँच सय ९० रहेको छ । संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२७,शनिवार १७:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।केही दिन अघि मुस्ताङ

काठमाडौं । हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौं आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौं

काठमाडौं । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य

काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को भन्ने नाराका साथ ‘एनआरएन द सिंगर’ आजदेखि प्रसारण हुने भएको छ

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७